September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक भेटियो

मा प्रकाशित

सुखड– कैलालीमा लोपोन्मुख सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्यान्की नजिक बाट लोपोन्मुख सालक फेला परेको हो । आइतबार   राति बनखेत गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए ।  आइतबार   राति नै बनकर्मी राजु मिनेलको नेतृत्व मा गयको टोलीले सालकको उद्धार गरेको  सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश राज भट्टराईले बताए दिए ।

आइतबार   राति नै सालकलाई उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको छ । सालक भेटिएपछि एकाबिहानै सब डिभिजन वन कार्यालय सुखडमा हेर्ने मान्छेको भीड लागेको थियो । सालक १५ के.जि तौल र ३ .५ फिट लामो भाले सालक रहेको छ । दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक वासस्थान छोड्ने तयारी भइरहेको बताईएको छ । उक्त सालकलाइ बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।

सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुमा पर्ने भए पनि छालाका लागि चोरी तस्करी हुँदै आएको बताइन्छ । कैलालीमा यसको सङ्ख्या अति न्यून रहेको छ । स्थानीय थारु भाषामा सालमच्छी र नेपालीमा तामे सालक भनेर चिनिने सालकको अङ्ग्रेजी नाम पेङ्गोलिङ्ग प्राय नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । शरीरमा ठुलठुला कत्लाले ढाकेको र खबटामुनि पहेँलो जगर जस्ता रौँ उम्रेका हुन्छन्।
पुच्छरको सहायताले रुखको हाँगामा झुन्डिने यो जनावर खतरा महसुस भएमा त्यसबाट जोगिन डल्लो पर्ने संरक्षण विद्को भनाइ छ
दुई हजार ५०० मिटर उचाइको सालको जङ्गलमा भेटिने सालकको दाँत नभए पनि ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोको सहायताले धमिरा र कमिला खान्छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु