April 27, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सडक दुर्घटनामा पुनर्वासका कर्मचारी श्रीमालको ज्यान गयो

मा प्रकाशित

कञ्चनपुर
पुनर्वास नगरपालिका मातहतका कर्मचारी दिपकबहादुर श्रीमालको सडक दुर्घटनामा ज्यान गएको छ ।
मृतक श्रीमाल पुनर्वास ५ नम्बर वडा कार्यालयमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । पुनर्वास ६ स्थित टाउन बजार देखि ईलाका प्रहरी कार्यालय जाने सडकमा श्रीमाल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकको नजिकै उनी चढेको मोटरसाइकल भेटिएकाले मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनको मृत्यु कसरी भएको हो यसबारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

बिहान करिब ४.५० बजेतिर प्रहरीले खबर पाउना साथ घटना स्थलमा प्रहरी टोलि पुगेको र त्यो समयमा मृतक श्रीमालको शव तातो र रगत नजमेकै अवस्थामा भेटिएकाले ४.३० बजेतिर ज्यान गएको हुन सक्ने अनुमान गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

शवलाई पोस्टमार्टमका पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु