कञ्चनपुर ,
माओवादी केन्द्र बेलडाँडीका युवा नेता चेतबहादुर शाह नेपाली काँग्रेस प्रवेश गरेका छन ।
शाह नेकपा माओवादी केन्द्रका बेलडाँडी गाउँ कमिटि सचिव एवं वाइसीएल नेपालका इन्चार्ज समेत हुन ।
शुक्रबार नेपाली काँग्रेस क्षेत्र नम्बर-१ काे क्षेत्रीय कार्य समितिकाे कार्यालय बेलाैरीमा आयोजित एक कार्यक्रममा कांग्रेस कञ्चनपुरका नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले शाहलाई नेपाली काँग्रेसमा स्वागत गर्दै प्रवेश गराएका हुन ।
वाइसीएल जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शाहलाई काँग्रेस नेता विष्टले प्रवेश गराएको कार्यक्रममा क्षेत्रीय सभापति गाेपि प्रसाद उपाध्याय, सचिवद्वय विश्राम राना , पदम रोकाया , क्षेत्रीय सहसचिव हर्कबहादुर बिष्ट , प्रदेश सभापति द्वय चेतन राई , मानु रोकाया , बेलडाँडी गाउँ कमिटि सभापति गज बहादुर विष्ट, निवर्तमान सभापति हर्क देव जाेशी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।