September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका स्थानीय तहमा खाना र विविध तर्फ लाखौं खर्च

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरका स्थानीय तहहरुले खाना तथा विविध शिर्षकमा लाखौं खर्च गरेको तथ्य महालेखाले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा कञ्चनपुरका स्थानीय तहले विविध तथा खानामा लाखौं खर्च गरेका हुन्।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार खाना तथा विविध शिर्षकमा बेलौरी नगरपालिकाले सबैभन्दा बढी र बेलडाँडी गाउँपालिकाले सबैभन्दा कम खर्च गरेको छ।

बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८ सय १० रुपैयाँ खर्च गरेको छ भने बेलडाँडीले १० लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ।

खाना तथा विविधमा कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३ सय २४ रुपैयाँ, बेदकोट नगरपालिकाले ३१ लख ४६ हजार २ सय ८५ रुपैयाँ, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ६५ रुपैयाँ खर्च गरेको छ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९ सय ६४ रुपैयाँ, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार रुपैयाँ, दोधाराचाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८ सय १८ रुपैयाँ र लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु