पुनर्वास ,
पुनर्वास ९ बिचफाँटामा सडकको क्षेत्राधिकार भित्रका झाडी तथा बुट्यान काट्ने कार्य सुरु गरिएको छ ।
९ नम्बर वडा कार्यालयको संयोजनमा सडक क्षेत्रमा हुन सक्ने दुर्घटना नियन्त्रणका लागि क्षेत्राधिकार भित्रका झाडी र बुट्यान सफाइको काम सुरु गरिएको हो ।
अव्यवस्थित किसिमले मुल सडक किनारमा रोपिएका आफै उम्रेका झाडी तथा बुट्यानहरुका कारण सडक दुर्घटना समेत हुन सक्ने भएकाले काटेर सडक फराकिलो बनाउन अभियान सुरु गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर बिकले बताए ।
शनिवार देखि सुरु गरिएको अभियानमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , जनप्रतिनिधि र स्थानीय हरुको सहभागितामा सडक क्षेत्राधिकार भित्रका झाडी तथा बुट्यान हटाउने काम सुरु गरिएको हो ।