धनगढी,जमुना न्युरे ।
सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री रमेश धामिले कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ आमवारी मा रहेको सयपत्री सामुदायिक बनमा बिगत ५ बर्ष देखि वन क्षेत्र अतिक्रमण गरि बनाएको नर्सरीका प्रमुख जित बहादुर बडैलालाई डिभिजन वन कार्यलय पहलमान पुरले कारबाहिका लागि मङगलबार धनगढी स्थित सुरक्षा साखामा पुर्याको थियो ।
मङलबार दिउँसो ४ बजेको समयमा मन्त्री धामी आफै सुरक्षा साखामा पुगि त्यहाँ रहेका कर्मचारीहरुलाइ गाली गलोज गर्दै बडैलालाइ निकालेर लिययर गयका हुन ।
सयपत्री सामुदायिक बनले डिभिजन बन कार्यलयलाइ सो बडैलाले गरेको अतिक्रमण खाली गराइ दिने पत्राचार पछि डिभिजन बन कार्यलय पहलमानपुरले २०८०/६/१०गते बल पुर्बक अतिक्रमण लगायका करिब ३ हेक्टर मा लगायको कागती ,मेवा ,आँप लगायत हटाइएको थियो । डिभिजन वन कार्यलयल अतिक्रमण गरि हटाय पछि फरार रहेका बडैलालाई कानुनी कारबाहीका लागि मङलबार धनगढी सशस्त्र बन सुरक्षा साखामा पुर्यायको थियो ।
यता मन्त्री धामीलाई सम्पर्क गर्दा भने बडैलाले गरेको अतिक्रमण पुरानो भयकाले छलफल गरेर घर पठाइएको यो घट्नाले कर्मचारीलाई फिल्डमा कामकाज कसरी गर्छन् भन्ने प्रश्नमा मन्त्री धामीले कर्मचारीले कामगर्न सक्दैन भनेर मन्त्रालयको सचीव , राज्यमन्त्री र मलाइ भन्नू पर्यो भन्ने जबाफ दिएका छन् ।
बडैला २०७६ साल असोजको महिना काठ चोरी मुद्दामा प्रकाउ परि बनको हिरासत बाट भागेका थिए , यो दोस्रो पटक पनि मन्त्री धामिले कारबाही गर्नु सट्टा भगाएका छन् ।
बडैला नेकपा माओवादी पार्टीका निकटका भएकाले बुझिएको छ , मन्त्रीले पुरानो अतिक्रमण नहटाउने भन्दा पनि आफ्ना पार्टी कार्यकर्ता भएकाले भगाइको स्रोतले बताएको छ ।
वन ऎन २०७६ मा बन अतिक्रमण गरेमा ५ बर्ष कैद / १ लाख जरिवाना तथा दुबै सजाय हुने ब्यबस्था रहेको छ ।