April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास १ मा प्रेम बिककाे अध्यक्षतामा समाजबादीकाे वडा कमिटि गठन

मा प्रकाशित

पुनर्वास, पाैष २४ । नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुर तिब्र रुपमा सँगठन बिस्तारमा लागेकाे छ । पार्टीले शनिवार कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे वार्ड नं. १ मा प्रेम बिककाे अध्यक्षतामा वडा कमिटि गठन गरेकाे छ ।
वडा कमिटिमा उपाध्यक्ष बिष्णु माया तामाङ्ग, सचिबमा हर्क बहादुर राना रहेका छन । त्यसैगरी उपसचिबमा बीर सिँह राना, कर्णजीत तामाङ्ग र नन्दराम राना र राम बहादुर चाैधरी रहेका छन । एकिकृत समाजबादीले ६५ सदस्यीय वडा कमिटि गठन गरेकाे छ ।
भेलालाई सम्बाेधन गर्दै सुदूरपश्चिम प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री तारालामा तामाङ्गले देशै भर सँगठन बिस्तार भईरहेकाले पार्टि प्रति अास्थावान सम्पुर्णमा एकजुट भई लाग्न अनुराेध गर्नु भयाे । पार्टिलाई सुदृढ गर्द‌ै लैजाने र अागामि चुनाबमा पार्टिलाई १ नम्बर पार्टि बनाउन सबै मिलेर सहकार्य गर्नु पर्ने बताउनु भयाे ।
भेलामा अतिथिकाे रुपमा रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले देशमा सँघियता अाएपछि बिकासले गति लिएकाे बताउनु भयाे । अाफु जनप्रतिनिधि भईसके पछि धेरै बिकास याेजना ल्याएकाे बताउदै उहाँले भाैतिक बिकास सँगै अब स्थानिय स्तर देखि न‌ै अार्थिक बिकासका लागि काम गर्ने प्रतिबद्धता समेत प्रकट गर्नु भयाे ।
भज्जन रानाकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री तारालाम तामाङ्ग रहनु भएकाे थियाे । अतिथिमा पुनर्वास नगर प्रमुख तथा एकिकृत समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष जीवनराज थापा, उपाध्यक्ष पुर्णा कुमारी गुरूङ्ग, अारपी सार्की लगायतकाे नेताहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा बिभिन्न समुदायकाे नृत्य समेत प्रस्तुत गरिएकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु