April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरका कट्टर माओबादी नेता तारा गिरीले किन राेजे जसपा?

मा प्रकाशित

 

कञ्चनपुर, माघ १४ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका ४ घ गाउँमा घर भएका माओवादीका कट्टर नेता तारा गिरि जनता समाजबादी पार्टी जसपामा प्रबेश गरेका छन ।
कम्युनिष्ट पार्टि नेकपा मसालकाे स्थापना काल देखि कम्युनिष्ट पार्टीमा बसेर नेतृत्व गरिसकेका गिरी बि.सं. २०५७ साल देखि नेकपा माओबादीमा प्रबेश गरी हाल सम्म  जनबर्गिय सँगठन बिस्तार तथा सुदृढ गर्न पार्टीमा ठुलाे याेगदान दिएकाे उनी बताउछन । माओवादी पार्टीमा कम्युनिष्ट सिद्धान्त भएका ब्यक्ति हराउदै गएका कारण पार्टी गलत दिशा तर्फ उन्मुख भएकाे उनी दाबी गर्छन ।
पर्बत जिल्लाकाे कुश्मा बाट २०४८ सालमा कञ्चनपुरकाे पुनर्वासमा साई सरी आएका तारा गिरी लामाे समय सम्म माओवादी पार्टीमा रहेर काम गरेका थिए । हिमाल ,पहाड , तराई जाेड्ने एक मात्र पार्टी जसपा भएकाले आफु जसपा पार्टी राेजेकाे तारा गिरी बताउछन । अहिले सम्म देशकाे नेतृत्व ब्राहमण तथा पुँजीपतीले मात्र गरिरहेकाले नेतृत्वमा गरिब पिछडिएकाे समुदाय काे मान्छे पनि जान सक्ने एकमात्र पार्टी जसपा भएकाे उनी बताउछन ।
आगामी निर्वाचनमा प्रतिनिधि सभाकाे लागी उमेद्वारी दिने याेजना रहेकाे तारा गिरी बताउछन । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई साझा फुलबारीको रूपमा स्थापित गराइ पर्यटकीय गन्तब्यको रूपमा बिकास गर्ने योजना सहितको आफ्नो चुनावी घोषण पत्र रहने तारा गिरी बताउँछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु