April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ज्यान सम्बन्धि मुद्दाका फरार प्रतिवादी १८ वर्ष पछि पक्राउ

मा प्रकाशित

 

पुनर्वास
ज्यान सम्बन्धी मुद्दामा कसुरदार रहेका बेल्डाँडीका एक ब्यक्तिलाई १८ वर्ष पछि दोधारा चाँदनीबाट शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर को बेल्डाडी गाउँपालिका वडा न.१ बस्ने ४२ वर्षिय ज्यान सम्बन्धी मुद्धाका फरार प्रतिबादी देब सिह धामीलाई दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

२०६० जेठ १५ गते घटना घटाएर फरार रहेका धामीलाई शनीवार राती अन्दाजी साढे नौ बजे लुकिछिपी रहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेल्डाडीलाई बुझाएकोमा आज आइतबार २३ गते कञ्चनपुर जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु