जुद्ध चौधरी/
कञ्चनपुर, माघ २४ । ईलाका प्रहरी कार्यालय बेलाैरीले तीन माेटर साईकल र भन्सार छली ल्याएका सामान सहित ७६ हजार मुल्य बराबरकाे सामान भन्सार चलान गरेकाे छ ।
सिमावर्ती भारत बाट भन्सार छली गरी माेटर साईकलमा ल्याउदै गरेकाे ११ बाेरा युरीया मलखाद बरामद गरि कैलाली भन्सार कार्यालय पठाईएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक कमल कुमार खडकाले जानकारी गराउनु भयाे ।
प्रहरीकाे कडा निगरानीकाे बाबजुत पनि कञ्चनपुरकाे दक्षिणी क्षेत्रमा अबैध सामानकाे ओसार पसार तथा भन्सार छली गरी बिभिन्न सामान नेपाल भित्रिने गरेकाे छ ।
बेलाैरी प्रहरी द्वारा ७६ हजार मुल्य बराबरकाे अबैध मालसामान भन्सार चलान
मा प्रकाशित