April 25, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पासोमा अल्झिएर कैलालीमा चितुवाको मृत्यु

मा प्रकाशित

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका वडा न १० मा एक चितुवाको    पासोमा परेर  परेको थियो ।   चितुवा  पासो  परेको विशेष  सुराकीको आधारमा र गोप्य सूचना पाए पछि डिभिजन बन  कार्यालय पहलमानपुर कैलालीको टोली  घटनास्थल पुगेको थियो ।
टोली घटना स्थल पुग्दा चितुवा जिउँदै रहेता पनि उद्धार गर्न प्राविधिक टोली नभएका कारण उद्धारमा ढिलाइ भएर चितुवा बचाउन नसकिएको डिभिजन बन  कार्यालय पहलमानपुर कैलाली साह्ययक बन अधिकृत  राजीव  चौधरी ले जानकारी   दिए ।
घोडाघोडी नगरपालिका वडा  न १० मा रहेको तुल्सिपुर सामुदायिक बन र बुलबुले सामुदायिक बनको सिमानामा बँदेललाई थापेको पासोमा परेर वयस्क चितुवा परेको हो ।
मरेको चितुवालाई डिभिजन बन कार्यालय पहलमानपुर ल्याइ जनप्रतिनिधि , प्रहरी प्रशासन , बुद्धिजीवी , पत्रकार  र वनकर्मचारीको रोहबरमा सुरक्षित  स्थानमा गाडिएको जनाएको छ ।
पासोमा परेको चितुवा कसले र किन गरिएको बारेमा अनुसन्धान   पछि थाहा हुने दोषीलाई पता लगाइ कानुनी  कठघरामा ल्याउने डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु