April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलौरीमा गठबन्धनको निर्णयले आक्रोशित काँग्रेस : जबर्जस्ती गरे तालमेल नमान्ने

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरीमा काँग्रेस एक्लै चुनाव जित्ने अबस्था रहेका बेला स्थानीय निर्वाचनका लागि बनेको सत्तारुढ पाँच दलिय गठबन्धन आबश्यक नभएको नेपाली काँग्रेस बेलौरी नगर कार्य समिति बेलौरीले जनाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णयको स्वागत गर्दै वडा सम्म मिलेर जाने सत्ता साझेदार दलहरुको कञ्चनपुरमा हिजो सोमबार सहमति बनेपछी नेपाली काँग्रेस बेलौरीका नेता कार्यकर्ता आक्रोशित बनेका हुन ।

बेलौरीमा नेपाली काँग्रेसले ६५ प्रतिशत बढी मत ल्याएर एक्लै निर्वाचन जित्ने परिस्थिति निर्माण भएका बेला काँग्रेसले कसै संग तालमेल नगर्ने नेपाली काँग्रेस बेलौरी नगर कार्य समितिका सभापति पेपुराम चौधरीले बताए ।

स्थानीय तहमा गठबन्धनका लागि सर्वदलीय बैठक गरि सहमति जुटाउन पार्टी जिल्ला कार्य समितिको पत्र आइ पुगेको तर छलफलका लागि अन्य दलहरु समेत सकारात्मक नदेखिएको अबस्थामा काँग्रेस नअल्झिने सभापती चौधरीले बताए । उनले भने बेलौरीमा मेयर काँग्रेसले नपाए नेपाली काँग्रेसलाई तालमेल स्विकार्य हुनेछैन ।

गठबन्धनको नाममा जबर्जस्ती लाद्न खोजे स्विकार्य नहुने नेपाली काँग्रेस बेलौरीका सभापति चौधरीले बताउछन् ।

बेलौरीमा छाया सरकार प्रमुख समेत रहेका नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्ट भन्छन् “नेकपाले दुई तिहाइ बहुमत पाएर जनताको भावना अनुसार काम गर्न नसकेका माधव -प्रचण्डको पार्टी जोगाउन काँग्रेसलाई जरुरी छैन । टोलटोलमा काँग्रेस प्रती जनताको मोह बढि रहेका बेला नेपाली काँग्रेसले गठबन्धनको नाममा कम्युनिस्टलाई भोट हाल्न जरुरी छैन । उनले भने – काँग्रेसका कार्यकर्ता मर्न तयार छन तर कम्युनिस्टलाई भोट हाल्न तयार छैनन भन्ने कुरा नेपाली काँग्रेसका जिल्ला , प्रदेश र केन्द्रका नेता ज्युहरु समक्ष हामी आग्रह गर्न चाहन्छौ ।

केन्द्रिय सत्तारुढ पाँच दलले स्थानीय निर्वाचनमा वडा सम्म गठबन्धन गरेर जाने निर्णय गरे संगै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् । उक्त निर्णयले काँग्रेसलाई मत खसाल्न आतुर मतदाताको मताधिकार खोस्ने र पार्टीको संगठन ध्वस्त बनाउने नियोजित षड्यन्त्र भएको काँग्रेस कार्यकर्ता बताउछन् । यसै बिच कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ कै लालझाडी गाउँ पालिकामा पनि काँग्रेसले गठबन्धन नस्विकार्ने नेपाली काँग्रेस लालझाडी गाउँ कार्य समितिका सचिव रमेश बिष्टले बताएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु