April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धन प्रति कञ्चनपुरमा चर्को असन्तुष्टि

मा प्रकाशित

 

कञ्चनपुर
स्थानीय निर्वाचनका लागि सत्तारुढ पाँच दलिय गठबन्धनको सहमतिलाई लिएर सुदूर पश्चिमको कञ्चनपुरमा नेपाली काँग्रेसका पालिका समितिहरुले चर्को असन्तुष्टि जनाएका छन् ।

काँग्रेसका लागि निर्वाचनमा कुनै पनि दल संग तालमेल नगरी जित्न सकिने बलियो आधार हुँदाहुँदै गठबन्धन गरिएको भन्दै पार्टीका पालिका समितिहरुले बिरोध जनाएका हुन ।

सत्तारुढ पाँच दलिय गठबन्धनको बिरोधमा निर्वाचन क्षेत्र नम्बर १ को नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिती , बेलौरी नगर कार्य समिती , पुनर्वास नगर कार्य समिती , लालझाडी गाउँ कार्य समिती , बेल्डाँडी गाउँ कार्य समिती , प्रदेश क कार्य समिति र भिमदत्त नगर कार्य समितिले गठबन्धन निर्णयको बिरोध गरेका छन ।
दुई तिहाई बहुमत पाएको आफ्नो सरकार चलाउन नसकेका कम्युनिस्टहरु संग तालमेल गरेर जनता सामु जान आबश्यकनै नभएका बेला नेपाली काँग्रेसले कसै संग तालमेल गर्नु पर्ने अवस्था छैन । पार्टीले झन्डै ६५ प्रतिशत बहुमत ल्याउने बातावरण बनेको क्षेत्रमा हामी तालमेल नगरी निर्वाचनमा होमिन्छौ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

पार्टीको संगठन मजबुत बनेको पुनर्वास र लालझाडीमा काँग्रेसले कसै संग तालमेल गर्न जरुरी नभएको बेला लाद्न खोजिएको गठबन्धन मान्य नहुने निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क कार्यसमिति सचिव दिपक कुमार श्रेष्ठले बताए । जबर्जस्ती लाद्न खोजे रुख बाहेक अन्यत्र मतदान नगरिने सचिव श्रेष्ठले बताए ।

पाँच वर्ष सम्म बिकासका नाममा भ्रष्टाचार गर्दै आएका माओवादीलाई भोट काँग्रेसका कार्यकर्ताले स्विकार नगर्ने नेपाली काँग्रेस लालझाडी गाउँ कार्य समितिका सचिव रमेश बिष्ट बताउछन् ।

मतदाताले समेत कम्युनिस्टको बिकल्प खोजी रहेका बेला बिकास र समृद्धिको नेतृत्व काँग्रेसले आफ्नो काँधमा लिने बेला गठबन्धन गलत भएको सचिव बिष्टले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु