दीपेन्द्र बस्नेत
कञ्चनपुर
नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरु संग गठबन्धन गर्ने सर्कुलर जारी गरे पछि सुदूरपश्चिमको कञ्चनपुरका काग्रेस कार्यकर्ताहरुमा पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपाउदा खिन्नता देखिएको छ ।
कञ्चनपुरका पाका नेता कार्यकर्ताले गठन्बन्धन पश्चात् रुख चिन्हमा मतदान गर्न नपाउनुको पीडा यतिबेला सामाजिक सञ्जालमा ब्यक्त गर्न थालेका छन ।
बेलौरी नगरपालिका ८ कलकत्ताका ६३ वर्षिय नेपाली काँग्रेसका पाका नेता दानबहादुर पाण्डेयले “कठै लाडी” सामाजिक सञ्जाल फेसबुकमा लेखेर जीवनको प्रिय आस्था चारतारे झण्डा र रुख चुनाव चिन्हमा मतदान गर्न नपाउदाको पीडा ब्यक्त गरेका छन् ।
“कठै लाडी” को सुदूर पश्चिम तिरको स्थानीय भाषाको अर्थ लाड प्यारका साथ जीवनभर अंगाल्दै र माया गर्दै आएको प्रियजनलाई एकाएक छोड्न पर्दाको पीडा भाव पाका कार्यकर्ता पाण्डेयले दर्शाएका छन ।
उनले आफ्नो घरको मुल ढोकामा पार्टीको चार तारे झण्डा राखेर गठबन्धन गलत भए पनि पार्टीका केन्द्रिय नेताहरुले कार्यकर्ताको आस्था , भावना र आत्मसम्मानमा ठेस पुगाएको भाव दर्शाएका छन् ।
०३६ साल देखि ०४६ हुदै ०४८ सम्म विभिन्न चरणबद्ध संघर्षका जनआन्दोलनकाे नेतृत्व गरेका पाण्डेयले जेलनेलकाे समेत साक्षी बस्नुपरेकाे थियो ।
सत्ता साझेदार दलहरुका बीच गठबन्धन बनाएर निर्वाचनमा जाने पार्टीको निर्णय प्रति कञ्चनपुरका काँग्रेस नेता कार्यकर्ता र मतदाताले यतिबेला असन्तुष्टि जनाइरहेका छन् ।
