April 26, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको लालझाडीमा एमाले उम्मेदवार बिजयी

मा प्रकाशित

कञ्चनपुर
प्रचण्ड बुहारी बिना मगरको प्रभावमा रहेको लालझाडी गाउँ पालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवारहरु बिजयी भएका छन ।

सोमबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार लालझाडीको प्रमुख पदमा एमालेका निर्मल राना ४५१६ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका मदनसेन बडायक २८५८ मत ल्याएर दोस्रो स्थानमा खुम्चिएका छन् । भने नेपाली काँग्रेसका श्रीकृष्ण राना २४६८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

उप प्रमुख पदमा एमालेकी सपना राना चौधरी ३५६१ मत ल्याएर बिजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकि राधा राधा रानाले ३४९३ मत ल्याएर दोस्रो स्थानमा र माओवादी केन्द्रका सत्यदेवी महरा २७३२ मत ल्याएर तेस्रो स्थानमा खुम्चिन पुगिन ।लालझाडीमा कुल मतदाता १४०१६ रहेको मा ११३३५ मत खसेको थियो । त्यसमध्य ११०५७ मत सदर रहेको थियो भने ३०९ मत बदर भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु