April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा अग्रता बढाउदै काँग्रेस उम्मेदवार

मा प्रकाशित

 

कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी मत गणनाको पछिल्लो सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसका प्रमुख उप प्रमुख पदका उम्मेदवारले अग्रता बढाउदै गएका छन् ।
पुनर्वासको १ नम्बर वडाको ६०० मत गणनाको सार्वजनिक मत परिणाम संगै नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार तोयप्रसाद शर्माले ९५८ मत ल्याइ अग्रता लिएका छन । पुनर्वासको १० नम्बर वडामा शर्माले ७०२ मत ल्याएर बनाएको अग्रता १ नम्बर वडाको ६०० मत गणना गर्दा २५६ मतका साथ अग्रता कायम राखेका छन ।
नेकपा समाजवादी – माओवादी गठबन्धनका उम्मेदवार जीवराज थापाले ६३८ मत ल्याएर काँग्रेस उम्मेदवार शर्मालाई पछ्याइ रहेका छन् । थापाले वडा नम्बर १० मा ५५३ मत र वडा नम्बर १ को ६०० मत गणना गर्दा ८५ मत रहेको छ । एमालेका मेयर पदका उम्मेदवार पदम पुजारा ४४९ मतका साथ तेस्रो स्थानमा रहेका छन । पुजाराले १० बाट ३६२ र १ नम्बर वडाको ६०० मत गणनामा ८७ मत ल्याएका छन ।
राप्रपाका सनतजंग गिरी २०९ मतका साथ चौथो स्थानमा रहेका छन् । उप प्रमुख तर्फ न्व्पाली काँग्रेसकी उम्मेदवार भुलिया कुमारी राना १० नम्बरको ६८७ र १ नम्बर वडाको ६०० मत गणना गर्दा २२० जम्मा ९०७ मतका साथ अग्र स्थानमा रहेकी छिन । गठबन्धन तर्फका उप प्रमुख पदका उम्मेदवार धोके राना १० नम्बरको ७१९ र १ नम्बर वडाको ६०० मत गणना गर्दा १२६ गरि जम्मा ८४५ मतका साथ दोस्रो स्थानमा रहेका छन् । एमाले कि उप प्रमुख उम्मेदवार शुशिला खत्री ३८७ मतका साथ तेस्रो स्थानमा रहेकी छिन । भने राप्रपाकी उम्मेदवार २५१ मतका साथ चौथो स्थानमा रहेकी छिन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु