September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

त्रिनगर हेल्थ डेस्कमा सुरक्षित विश्राम स्थल सञ्चालनमा आयो

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ को डोकेबजार (त्रिनगर हेल्थ डेस्क) मा सुरक्षित विश्राम स्थल सञ्चालनमा आएको छ ।

आप्रवासी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय निकाय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन  आइ.ओ.एम. नेपालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वय र युरोपेली आयोगको आर्थिक सहयोगमा कोभिड-१९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारीको निम्ति आइसोलेशन र सिमानाको सबलीकरण मार्फत प्रभावकारी केश व्यवस्थापन परियोजना अन्तर्गत सोमबार देखि विश्राम स्थल सञ्चालनमा आएको हो ।

त्रिनगर हेल्थ डेस्कमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ र संरक्षण सम्बन्धी सेवाहरू सञ्चालन गर्न सुरक्षित विश्राम स्थल सञ्चालनमा ल्याइएको हो ।

सुरक्षित विश्राम स्थलको नेपालका लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेज र पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै युरोपेली युनियनकी राजदूत डिप्रेजले भारतबाट आउने हजारौं नेपाली कामदारहरूको सहज स्वास्थ्य परीक्षणको सहजताका लागि  सीमानाका नाकाहरूमा आधारभूत सुविधाहरू देख्न पाउँदा म खुसी लागेको बताइन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु