April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गठबन्धनमा किचलो : काँग्रेस नेता कार्यकर्ता भन्छन् कञ्चनपुरमा गठबन्धन आबश्यक छैन

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
कञ्चनपुर
मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा देशभर सत्तारुढ दलहरु बिच गठबन्धनको सहमति सार्वजनिक भए पनि सुदूरपश्चिमको कञ्चनपुरमा भने गठबन्धन आबश्यक नभएको प्रमुख दलका नेता कार्यकर्ता बताउछन् ।

गठबन्धन भए कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले संघिय साँसद छोड्नु पर्ने चर्चा चुलिए पछि गठबन्धनको नाममा क्षेत्र नछोड्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु बताउछन् ।

नेपाली काँग्रेसबाट संविधानसभा सदस्य रहि सकेका इतर समुहका कञ्चनपुरका प्रभावशाली नेता दिवानसिह बिष्टको समेत क्षेत्र रहेको कञ्चनपुर १ मा गठबन्धन हुँदा नेकपा माओवादी अध्यक्ष प्रचण्ड कि बुहारी बिना मगर उम्मेदवार बन्ने चर्चामा आएपछी नेपाली काँग्रेसका नेता कार्यकर्ता पार्टीले नेतृत्व गुमाउने गरि हुने गठबन्धन आवश्यक नरहेको बताउदै आएका छन् ।

आसन्न निर्वाचनमा गठबन्धन आबश्यक नभएको सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसका नेता कार्यकर्ताबताउदै आएका छन् । स्थानिय तहको निर्वाचनमा प्राप्त मतका आधारमा नेपाली काँग्रेस पहिलो पार्टीले संघिय साँसद पद तेस्रो नम्बरमा देखिएको दललाई नदिने नेपाली काँग्रेस क्षेत्र नम्बर १ का नेता कार्यकर्ता बताउछन् ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस क्षेत्रमै बलियो स्थानमा रहेको छ । तेस्रो नम्बरमा रहेको अन्य दललाई संघिय साँसद पद दिने गरि हुने गठबन्धन नेपाली काँग्रेसलाई आबश्यक नरहेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्यायले बताए ।
स्थानिय निर्वाचनमा प्राप्त मतका आधारमा नेपाली काँग्रेस क्षेत्रमै बलियो भएको अबस्थामा संघिय साँसद नेपाली काँग्रेसले अन्य दललाई नदिने क्षेत्रीय सभापति उपाध्यायले बताएका छन् ।

स्थानिय तहको मत परिणामका आधारमा पहिलो रहेको पार्टी नेपाली काँग्रेसले कुनै पनि हालतमा संघिय साँसद तेस्रो स्थानमा रहेको पार्टीलाई नछोड्ने नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सह सचिव हर्कबहादुर बिष्टले बताए ।

संगठानिक हिसाब र जनमतका आधारमा बलियो पार्टी नेपाली काँग्रेसले कञ्चनपुर १ मा संघिय साँसद नछोड्ने नेपाली काँग्रेस क्षेत्र नम्बर १ ख का सभापति चेतन राइले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु