- विज्ञापन -
December 5, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको सिद्धेश्वर महादेव मन्दिरमा जेठारा दाजुभाईद्वारा घण्टी र त्रिशुल सहयोग

मा प्रकाशित

पुनर्वास, साउन  ३० ।  कंचनपुरको पुनर्वास नगरपालिका-५ घर भई हाल अमेरिका बस्दै आएका दाजुभाईले स्वर्गीय बुवाको सम्झनामा मन्दिरलाई घण्टी र त्रिशुल सहयोग गरेका छन् ।

साउनको अन्तिम सोमबारको मौकामा अमेरिकामा रहेका दाजु बिनोद जेठारा र भाई शेरबहादुर जेठाराले १५ किलोको घण्टी र १३ किलोको त्रिशुल पुनर्वास-५ मै अवस्थित ऎतिहासिक सिद्धेश्वर महादेव मन्दिरलाई सहयोग गरेका हुन् ।

- विज्ञापन -

सामाजिक कार्यमा निकै अग्रसर रहेको जेठारा परिवार अमेरिकामा रहेर पनि आफ्नो जन्म स्थानका लागि आवश्यक सहयोगका विषयमा उनीहरू सम्झिएका छन् ।

घरायसी बाध्यताले देश बाहिर रहेपनि आफ्नो देश र गाउँ प्रतिको माया गनि र भनि साध्य नभएको मनकारी व्यक्ति शेरबहादुर जेठाराले बताए ।

धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन हामी सबैको दायित्व रहेकाले सक्ने सहयोगका लागि हाम्रो परिवार सदैब तयार रहने मनकारी दाजुभाईका साईला भाई धर्मेन्द्र जेठाराले जानकारी दिए ।

यसैगरी मन्दिरलाई घण्टी र त्रिशुल सहयोग गर्ने सहयोगी जेठारा दाजुभाईलाई मन्दिरका पुजारी परी रोकायाले कैलाशपति शिवजीको कृपाले सुख, शान्ति र समृद्धि भइरहने र आगामी दिनमा मन्दिरका लागि थप सहयोग प्राप्त हुनेछ भन्ने पुर्ण आशा समेत रहेको बताए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु