कंचनपुर
राना थारु उत्थान तथा समाज बिकास केन्द्रको प्रथम अधिवेशन बेलडाडी गाउँ पालिकामा सुरु भएको छ ।
कार्यक्रममा बेलडाँडी गाउँ पालिकाका अध्यक्ष हरिश्चन्द्र राना प्रमुख अतिथि रहेका थिए ।
कैलाली र कंचनपुरमा मात्रै बसोबास गर्दै आएको राना थारु समुदायको उत्थान र बिकासका लागि गठन गरिएको संस्थाका अध्यक्ष सगुना रानाको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो ।
