March 28, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ को बेलडाँडी र बेलौरीमा लोकतान्त्रिक बाम गठबन्धनको भेला

मा प्रकाशित

 

कञ्चनपुर
निर्वाचन क्षेत्र नम्बर १ को २ स्थित बेलडाँडी र बेलौरीको शान्तिपुरमा लोकतान्त्रिक बाम गठबन्धनले शनिबार चुनावी सभा गरेको छ ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्ना साझा उम्मेदवारलाई जिताउन लोकतान्त्रिक बाम गठबन्धनले मतदाताहरु संग अन्तरसंवादको कार्य तिब्र पारेको छ ।

बेलडाँडी र बेलौरीको शान्तिपुरमा आयोजित चुनावी सभामा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगरले भनिन् -सयौं जनताको बलिदान बाट प्राप्त संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै कञ्चनपुरको बिकासका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित आबश्यक भएको छ । उनले भनिन् -संविधान रक्षा र स्थायीत्वका लागि लोकतान्त्रिक बाम गठबन्धनको बिकल्प नभएकाले सम्पुर्णमा मतदानको लागि आह्वान गरिन् ।

निर्वाचन क्षेत्र नम्बर १ को २ स्थित बेलडाँडी र बेलौरीमा आयोजित चुनावी भेलामा सम्बोधन गर्दै संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्टले भने -पटक पटक संविधान माथी प्रहार गर्दै लोकतान्त्रिक गणतन्त्र धरापमा परेपछी मुलुकमा दिगो शान्तिका लागि शान्ति प्रक्रियाका नेतृत्वकर्ता नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र जस्ता अग्रगामी दलहरुको नेतृत्वमा बनेको ५ दलिय गठबन्धनले नै यो राष्ट्रमा संविधान , मानव अधिकार , लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्व दिन सक्ने भएकाले कुनै दुबिधा नलिइ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउन आह्वान गरे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु