कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ (२)को प्रदेशसभा सदस्यतर्फ नेपाली काँग्रेसका दिवान सिंह विष्ट निर्वाचित भएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका विष्टले नेकपाका एमालेका पल्लव राज भट्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने भट्टले ७ हजार ६०३ मत पाएका छन् ।
यस अघि कञ्चनपुर क्षेत्र नम्बर १ ९१० को प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेका वीर बहादुर थापा निर्वाचित भएका छन् ।
प्रतिनिधि सभाको मतगणना भने जारी छ । यहाँ एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता कायमै छ ।