April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बाजुरामा मतगणना जारी : काँग्रेसका पाण्डेको अग्रता कायमै

मा प्रकाशित

बाजुरा । प्रतिनिधि सभाको मतगणना बाजुरामा जारी रहेको छ । बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना भइरहेको छ । प्रतिनिधि सभामा नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डे फराकिलो मतान्तरले अग्रता लिन थालेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३० हजार ९९३ मत गणना गर्दा काँग्रेस उम्मेदवार पाण्डेले १७  हजार ४०मत प्राप्त गरेका छन् ।उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १३ हजार १९५ मत प्राप्त गरे   । थापाले काँग्रेसका पाण्डेलाई चार हजार ५५८ मतले पछाडि रहेका छन् । काँग्रेसका पाण्डेलाई नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रको साथ रहेको छ ।
एमालेका उम्मेदवार थापाको गृह नगर बुढीगंगा नगरपालिका,त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।यस्तै प्रदेश सभा ९१० मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार ३३० मत प्राप्त गरे ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले आड हजार १ मत प्राप्त गरेका छन्  । नेकपा माओवादी केन्द्रका कर्णबहादुर वि।क।ले एक हजार ३० मत पाएका छन् ।
प्रदेश सभा (१) मा स्वामीकार्तिक खापर,जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ । भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
यसैगरी प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार  पदमबहादुर शाहीले दश हजार ९७७ मत ल्याएका छन् । भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले आठ  हजार ६४० मत प्राप्त गरे ।
एमालेका उम्मेदवार थापा काँग्रेसका उम्मेदवार शाही भन्दा दुई हजार ३३७ मतले पछाडि परेका छन् ।एमालेका उम्मेदवार थापा २०७४ को प्रतिनिधि सभाका निर्वाचित सदस् बने ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र जनक रावलले १६ मत पाए ।
बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार बनेर सङ्घीय सांसदका सदस्य बन्नु भएका थापा २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु