March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा माघि मिलन कार्यक्रम सम्पन्न,बिना मगर द्वारा शुभकामना ब्यक्त

मा प्रकाशित

पुनर्वास ।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका वार्ड नं. १० बिकासबस्तीमा शुक्रबार माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष एवम महान चाडकाे रुपमा मनाईने याे चाड थारु समुदायले धुमधामका साथ मनाउने गर्छन ।
माघिकाे शुभकामना दिदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम पूर्व खानेपानी मन्त्री बिना मगरले थारु समुदायकाे माघि पर्वले बिबिध जातजातीमा एकता भएको सन्देश दिने बताउनु भयाे ।                                        माघि पर्व एउटा पर्व मात्र नभई आफन्त तथा ईष्ट मित्र बिचकाे सम्बन्ध प्रगाढ बनने चाड रहकाे मन्त्री मगरले बताउनु भयाे । थारु गाउँबस्तीमा यति बेला माघिकाे राैनकता छाएकाे छ । याे पर्व पाँच दिन सम्म रमाईलाे गर्द‌ै मनाईन्छ । 
थारुहरुको संस्कृति जाेगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हाे । १० नं. वडा कार्यालयकाे आयाेजनामा कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा बिभिन्न थारु संस्कृति झल्किने नृत्य तथा खानाका परिकारहरुकाे प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री बिना मगर रहनुभएको थियो । बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्मा र नगर उपप्रमुख भुलिया कुमारी राना रहनुभएको थियो। त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपा चौधरी अन्य जनप्रतिनिधिहरु बुद्धिजीवी ,राजनैतिककर्मी ,रास्ट्र सेवक कर्मचारी , पत्रकार ,स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु