छितिजपारी डुब्नैलागेको सूर्यजस्तै बनेको छ नेपाली राजनितिक जनविश्वास आजकल । यही अविश्वास रहिरहे जनताको तिब्र आक्रोस कुनबेला अनियन्त्रीत बिद्रोहमा परिणत हुन्छ, एकिन छैन । एकथरीले यो ब्यवस्था नै फेल भएको हो भन्ने तर्क गरिरहेका छन् र अर्कोथरीले व्यवस्थाका ड्राइबरहरुको व्यवहार या चरीत्र राम्रो नहुदा ब्यवस्थाका आशातित फाईदाहरु देशले प्राप्त गर्न नसकेको हो भन्ने तर्कपनि गरिरहेका छन् ।
त्यसोभए ति ड्राइबरहरुलाई ड्राइभिङसिटमा कस्ले पु¥यायो त ? नेता यहि समाजको प्रतिनिधी होइन ? उत्पादन होइन ? प्रश्न समाजतिर पनि तेर्सिन्छ । सँगसँगै समाजको नेतृत्व गर्ने ब्यक्ति नै त नेता हो । उसको मुख्य कार्यभार समाजलाई नकारात्मक पक्षहरुलाई समाप्त पार्दै सकारात्मक परिवर्तन तर्फ डो¥याउने हो । ऊ समाजको त्यस्तो ब्यक्ति हो, जसको विचार र व्यवहारले समाज कुनै न कुनै रुपमा प्रेरित हुन्छ । जसरी एउटा घर या कुनै भौतिक संरचनाको निमार्ण कस्तो हुने भन्ने कुराको निक्र्यौल उक्त संरचनाको डिजाइन गर्ने, निरिक्षण गर्ने सिभिल इन्जिनियरको क्षमतामा भर पर्दछ, त्यसरी नै समाज र देश कस्तो बन्ने भन्ने कुराको निक्र्यौल उक्त समाज वा देशका नेताको क्षमतामा भर पर्दछ । अर्को शब्दमा भन्दा ऊ समाज निर्माण गर्ने इन्जिनियर हो । अब प्रश्न उठ्छ, के आजका विद्यार्थी नेताहरु सबल समाज निर्माता बन्ने क्षमता राख्दछन् त ?
सामान्यतया घर होस् या देशमा, हाम्रो सदैब एउटै आशय रहन्छ, घरमा पुर्वजले गर्न नसकेको कर्म, प्राप्त गर्न नसकेको उपलब्धी या सफलता अहिलेका सन्ततिले प्राप्त गरुन, अनि देशमा अघिल्लो पुस्ताले गर्न नसकेको या गर्न नचाहेको कर्म नयाँ पुस्ताले फत्य गरोस । राजनितीमा नगन्य बेथितिका उदाहरणहरु छन् र उदाँउदो पुस्ता भनिएका विद्यार्थी राजनितिज्ञहरुमा समेत कुसंस्कारको बास भएको देख्दा जनमानस झनै निरास हुन्छ । जिल्लाको संयोजकको नियुक्ती पाउदा एयरपोर्टमा फुलमाला सहित उक्त नेताको पक्षमा नारा चर्काइरहेकाहरुको जमात, बिना हेलमेट हर्न बजाउदै हुलहुज्जत गर्ने जमात, भोजभतेर मात्रै होइन, दारुपार्टी नै गर्नेको जमात आदि राजनितिक कुसंस्कारका उदाहरणहरु हुन, ती उदाहरणहरुले त्यस्ता कथित विद्यार्थी नेताको सोच या विचारलाई चित्रीत गर्दछ ।
गम्भीर प्रश्न त के छ भन्दा अघिल्लो पुस्ताको कुसंस्कार, कुरीती र कुकर्मबाट दिक्षीत या त्यस्तै आचरण भएका अघिल्लोपुस्ताका नेताहरुको आशिर्वाद या संरक्षण पाएर हुर्केका विद्यार्थी नेताहरुले कसरी वर्तमान व्यथितिको अन्य गर्न सक्लान ? कसरी समाजको राजनितिप्रतिको अपेक्षा पुरा गर्न सक्लान ? कसरी देशलाइ समुन्नतीको बाटोमा डो¥याउन सक्लान ? यी गम्भिर प्रश्नहरुबिच सम्भावनाको दियोपनि त निभेको छैन । प्राय सबै संगठनहरुमा आदर्श नेताहरु जन्मिएका छन् । कयौ यस्ता उदाहरणहरु पनि त छन्, आफ्नो संगठनका आदर्श नेताको प्रेरणाले जो राजनितीमा होमिएका छन्, जसले आफ्नो विद्यार्थी नेताहरुले विश्वराजनिति बुझेका हुन्छन्, पढेका हुन्छन् र जान्ने प्रयत्न गरिरहेका हुन्छन् । समाजको भावना बुझेका हुन्छन्, देशको आवश्यकता र सम्भावना जानेका हुन्छन् ।
आफ्नो ब्यक्तिगत जीवन सफल सजिलै हुनसक्ने प्रवल सम्भावना भएरपनि व्यक्तिगत जीवनको सफलताबाट प्राप्त हुने व्यक्तिगत लाभ या भौतिक बिलाशितालाई सहजै त्यागेर समाजका लागि जिउने इच्छा अंकुरीत गरेका विद्यार्थी नेताहरुपनि त यदाकदा देखिन्छन् । हो ति थोरै छन्, तर चिन्न जरुरी छ के आउदो स्व.वि.यु निर्वाचनमा भाग लिने विद्यार्थीले स्वविवेक प्रयोग गर्लान त ? के त्यस्ता नेतालाई चिन्लान् त ? यो अहम प्रश्नको उत्तर गर्वमै छ । यदाकदा अर्को विषयले पनि चर्चा पाउने गरेको सुनिन्छ, ‘विद्यार्थी संगठन खारेज गर्नुपर्दछ’, ‘विश्वविद्यालयहरुमा राजनिती बन्द गर्नुपर्दछ‘ आदि इत्यादि । झट्ट सुन्दा कतिपयलाई वर्तमान राजनितिक बेथितिबारे बिचार गर्दा यो विषय ठिकै हो जस्तो पनि लाग्दो हो तर नेपालको संविधानले १८ वर्ष उमेर पुगेकालाई मतअधिकार प्रदान गर्ने संबैधानीक अधिकार प्रदान गरेको छ । यो उमेर घटाएर १६ वर्ष पगाउनुपर्दछ भन्ने माग पनि उठिरहेको छ । विश्वका लोकतान्त्रीक देशहरुको अभ्यासपनि १६ देखि १८ वर्ष नै हो । एकातिर संंबैधानिक अधिकार अर्कोतिर विश्व अभ्यास, यी सबै कुरालाई बाइपास गरेर १८ वर्ष पुगेकाले मतदान मात्रै गर्नेहो, राजनितिक अभ्यास गर्नुहुर्दैन या पाउनुहुदैन भन्ने तर्क कत्तीको जायज हुन्छ ? संगसंगै विश्वविद्यालयहरुमा व्यवहारीक र प्रयोगात्मक शिक्षा हुनुपर्दछ भन्ने अत्यन्तै जायज मागपनि उठिरहेको वर्तमान परिपेक्षमा कितावी सौद्धान्तीक ज्ञान संगसंगै राजनितिलाई व्यवहारीक रुपमै प्रयोगहुने विश्वविद्यालयको राजनितिप्रति नकारात्मक सोच राख्नुहुदैन । राजनितिक कर्म भनेकोे अत्यन्तै जिम्मेवारीको कर्म हो, यो कर्मसंग व्यक्ति मात्रै होइन, समाज र देश जोडिने भएकोले या जटिल संगै महत्वपूर्ण कर्म हो, यहाँ अनुभव चाहिन्छ, दक्षता आवश्यक पर्दछ । त्यसैले यो देशको राजनितिको नर्सरीलाई कसरी मलजल गर्ने, स्याहार सुसार गर्ने र स्वस्थ बनाउने भन्नेतर्फ पहलकदमी चाल्न सान्र्दर्भिक हुन्छ । हो, समस्याहरुको पहाड छ । आशाको दियो अबको पुस्ता हो ।
विद्यार्थी भविष्यका कर्णाधार हुन भनेजस्तै अबको देशको राजनितिक भविष्यको कर्णाधार आजका विद्यार्थी राजनितिक संगठन हुन, ती संगठनहरुमा आवद्ध विद्यार्थी नेताहरु हुन । अबको पुस्ताले राजनितिक कर्ममा सहभागी भएपनि नभएपनि राजनितिक चेतराख्नु अत्यन्तै आवश्यक छ । आउदो स्व.वि.यु निर्वाचनबाट राजनितिक चेत भएका विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थी मतदाताहरुले आजको आवश्यकता अनुसारको विद्यार्थी राजनितिज्ञलाई अनुमोदित गरोस भन्ने अपेक्षा आम जनमानसको रहेको छ ।
लेखक : गोकर्ण जोशी,बेलडाँडी २, कञ्चनपुर