September 11, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

उग्रतारा फूड फेस्टिबल : बिद्यार्थीले पकाए, अभिभावकले खाए

मा प्रकाशित

बेलौरी ।  बेलौरी बेलौरी नगर पालिका वडा नं ४ मा अवस्थित उग्रतारा बाल बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बिद्यालयमा आज फुड फेस्टिभलको आयोजना गरेका छन । मंगलबार बिहान १० बजे देखी बेलुकी ४ बजे सम्म सञ्चालन भएको फुड फेस्टिभलमा कक्षा ६ देखी १० सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिद्यार्थीहरु द्धारा तयार पारिएका परिकारहरु अभिभावक तथा शिक्षकहरुले उपयोग गरेको बिद्यालयका भाइस प्रिन्सिपल ललित कार्कीले बताए । फुड फेस्टिभलमा बिद्यार्थीहरुले परम्परागत खानाहरुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरेका थिए । बेलौरी नगर पालिकाका उप प्रमुख जोग राम चौधरीले एक कार्यक्रमका विच पूmड फेस्टिभलको उदघाटन गर्दै बिद्यार्थीहरुलाई प्रयोेगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बताए । बिद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले बिद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक वनाउन सहयोग पुग्ने बताए । बिद्यार्थीहरुलाई व्यावसायिक सिप सिकाउने र इभेन्ट व्यवस्थापन गर्ने तरिका बारे सीप सिकाउन फुड फेस्टिभल कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले जानकारी दिए ।

बिष्टले भने, “बिद्यार्थी आफैले विभिन्न परिकार बनाउने र पाहुनाका लागि पस्किने अभ्यास गर्दा बिद्यार्थीहरुमा आत्म बिश्वास बढछ” । यस बाट बिद्यार्थीहरुले लागनी, व्यावसाय को व्यवस्थापन, प्रतिस्पर्धा, मुनाफा जस्तो जिवनमा नभइनहुने सीपहरु सिक्ने प्रिन्सिपल केशब सिंह बिष्टले जानकारी दिए । महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्म राज जोशीले बिद्यार्थीहरुलाई व्यवहारिक शिक्षाको खाचो रहेको बेला यस्ता प्रयोगात्मक अभ्यास निकै नै प्रभावकारी हुने बताए । यस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुको मनोबल बढ्ने र व्यावसायिक सीप सिक्ने अवसर पाउने बताए ।

बिद्यार्थीहरु भित्र लुकेको प्रतिभा, क्षमता प्रस्ट्याउन यस्ता कार्यक्रमको निरन्तरता पाउनु पर्ने मा बेलौरी नगर पालिका शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक देब बहादुर चन्दले भने, “यस्ता अभ्यासमूलक कार्यक्रमले बिद्यार्थीमा आत्मबल बढाउछ । नियमित सिकाई बाहेक प्रयोगात्मक यस्ता अभ्यासले बिद्यार्थीहरुमा जोश, जागर पनि पलाउने बिद्यालय निरिक्षक देब बहादुर चन्दले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु