February 21, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बागिश्वरी माविको ५१ औं वार्षिकोत्सब एवं अभिभावक दिवस

मा प्रकाशित

पुनर्वास , 
कञ्चनपुरको पुनर्वास स्थित बागिश्वरी माविको ५१ औं वार्षिकोत्सब एवं अभिभावक भेला सम्पन्न भएको छ ।
बिधालयका अध्यक्ष परि रावलको सभातित्वमा आयोजित कार्यक्रममा नगरप्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथी रहेका थिए । वार्षिकोत्सब कार्यक्रममा बिधालयको प्रगती प्रतिवेदन प्रधानाध्यापक डिल्लीप्रशाद शर्माले प्रस्तुत गरेका थिए ।

अक्षयकोष दाताहरु चिजमाया गौतम , कृष्णहरि गौतम , सुभद्रा शर्मा , माधव शर्मा , ठाकुर शर्मा , इन्द्र शर्मा ,शेरबहादुर बिष्ट ,बलराम गौतम , डिल्ली प्रसाद गौतम , दामोदर सुवेदी , जितबहादुर रानाभाट , अजय शर्मा , राजु थापा, नेत्र प्रसाद उपाध्याय , पदम शाह , सुरेश केसी लाई सम्मान गरिएको थियो । यसै गरि बिधालयबाट सेवा निवृत शिक्षक शेरबहादुर बिष्टलाई सम्मान गरिएको थियो ।

नगरस्तरीय अन्तर मावि हाजिर जवाफ प्रतियोगिताका बिजेता विद्यार्थी हरु प्रथम बागिश्वरी माविकाअंशुमन पौडेल मंगला बयाडी र टेकबहादुर बिष्ट , द्वितीय पुनर्वास जनता मावि का दिपकराज ओझा , नितेश उपाध्याय ,रश्मि तामाङ , तृतीय अरेन्ट बोर्डिङ स्कुलका एन्जिला लिम्बू ,संजना राना आरजु दाहाल लाई पुरस्कार दिइएको थियो । साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेता खेलाडी विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

चण्डी प्रसाद सुवेदीले स्वागत मनतब्य राखेको कार्यक्रमको संचालन शिक्षक बिरेन्द्र सिंह कार्कीले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु