December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बैजनाथधाम वछेलामा पर्खाल सडक निर्माण लगायतको कार्य अन्तिम चरणमा

मा प्रकाशित

कञ्चनपुर । प्राचीन ऐतिहासिक बैजनाथ धाम वछेलामा पुर्वाधार निर्माण कंचनपुरको प्राचीन ऐतिहासिक पवित्र धार्मिक क्षेत्र वेदकोट नपा ५ मा रहेको बैजनाथधाम वछेलामा पर्खाल सडक निर्माण लगायतको कार्य अन्तिम चरणमा पुगेको छ।

 

वेदकोट नगरपालिकाको लगानिमा निर्माण कार्य अगाडि वढेको हो।प्रकृतिको सुन्दरताले भरिपुर्ण मनोरम रमणीय वातावरणले सोभायमान धार्मिक पर्यटकिय क्षेत्र बैजनाथ धाममा पुर्वाधार निर्माणले थप आकर्षकको केन्द्र वन्दै गईरहेको छ।मन्दिर क्षेत्र वरिपरि पर्खाल निर्माणले मन्दिरको सोभा वढेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम वाट सडक निर्माण हुदा टाढाटाढा वाट दर्शनका लागि बैजनाथ धाममा आउने श्रद्वालु भक्तजनलाई सहज भईरहेको वेदकोट नपाका नगर प्रबक्ता चित्रदेव भट्टले वताए।

वैजनाथ वावाको धाममा प्राचीन कालदेखिनै शक्तिशाली देवताका रूपमा पुजापाठ गरिदै आएको ईतिहास छ।परापुर्व कालदेखिनै पुर्वज हरू तराई पहृाड जाने क्रममा विच वाटोमा पर्ने यश स्थानलाई पवित्र सुरक्षित अद्वितीय शक्तिका कारण वास वस्न सुरक्षित मानि वास वस्ने र पुजापाठ गर्ने गरिएको धार्मिक अगुवाको भनाई रहेको थियो।परम्परा देखिनै यश क्षेत्रमा पुजापाठ हुँदै आएको थियो।बर्तमान समयमा यश क्षेत्रको महत्त्व झनै वढ्दै गईरहेको छ।प्रकृतिको सुन्दर रमणीय ठाउँको आनन्द लिन संगै धार्मिक आध्यात्मिक लाभलिन यश ठाउँमा श्रद्वालु भक्तजन आउने गरेको श्री वैजनाथधाम सेवा समिति वछेलाका अध्यक्ष एवं भरडिया शिवलाल ऐरले वताए।

वैजनाथ वावाको धाम संगै यहाँ अवस्थित पुर्णागिरि देविको दर्शन गर्नाले मनोकामना पुर्ण हुने धार्मिक विश्वास रहिआएको बैजनाथ देवताका भरडिया ऐरले वताए।मनै लोभ्याउने चारैतिरबाट हरियालि पर्यावरण वैजनाथ वावाको प्राचीन मन्दिर,पुर्णागिरि माताको मन्दिर आसपासको क्षेत्रमा आउने श्रद्वालु भक्तजनको मनै लोभ्याउने गरेको वैजनाथ सेवा समितिका सचिव जय वहादुर ऐरले वताए।कंचनपुरको नमुना धार्मिक क्षेत्र वछेलामा वैजनाथ वावाको दर्शन संगै माता देवि शक्ति स्वरूपा पुर्णागिरिको समेत दर्शन गर्न सकिने हुदा यश धार्मिक क्षेत्रको महत्त्व वढ्दै गईरहेको सचिव ऐरले वताए।

कंचनपुरको वेदकोट नगरपालिका वडानं ५ वछेलामा रहेको वैजनाथ धाममा पुर्वाधार निर्माणकार्य अघि वढे संगै यो धार्मिक क्षेत्र सुदुरपश्चिमकै नमुना धार्मिक पर्यटकिय क्षेत्रका रूपमा विकास भईरहेको छ।हिन्दु धर्मावलम्बीको प्राचीन कालदेखिनै आस्थाको घरोहरका रूपमा रहेको वैजनाथ धाम हाल आएर पर्यटकिय दिष्टिकोणले पनि निकै सम्भावना वोकेको क्षेत्र वन्न पुगेको छ।वैजनाथ धाम देखि ५००मिटर उत्तरमा पुर्णागिरि माताको मन्दिर निर्माण भए संगै थप आकर्षकको केन्द्र वनिरहेको छ।मन्दिरका भरडिया शिवलाल ऐरले भने पुर्णागिरि माताले परम्परा देखिनै आफनो रूप प्रकट गर्ने गरेका थिए।हाल समेत माताले सपनामा आएर दर्शन दिने गरेकाले मन्दिर निर्माण गरिएको भरडिया ऐरले वताए।

पुर्णागिरि माताले मनोवान्छित फलदिने गरेको उनले वताए पुर्णागिरि माताको आशिर्वादकै कारण आफना दुवै छोरा हाल अमेरिका रहेका भरडिया ऐरले वताए।रमणीय ठाउँ अद्वितीय शक्तिका कारण पुर्वज हरूले पुजापाठ गर्ने गरेको पुजारी देबेन्द्र चटौटले वताए।

मन्दिरमा विवाह बर्तवन्ध पुजा सधैजसो हुन्छ।वैजनाथ वावाको मुख्य पर्व जाँत मेला माघ शुक्ल पक्ष दशमि तिथिका दिन यश क्षेत्रमा विशेष पुजा संगै श्रद्वालु भक्तजनको घुईचो लाग्ने गरेको पुजारी चटौतले वताए।वेदकोट नगरपालिकाको सामादैजि देखि ८किमि उत्तरमा वछेलामा अवस्थित वैजनाथ धामका नामले यो क्षेत्र परिचित छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु