April 23, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस महाधिवेशन : कञ्चनपुरमा संस्थापनका दुई नेता भिड्दै , इतर समुहका बिष्ट शक्तिशाली बन्दै

मा प्रकाशित

 

नागरिक आवाज कञ्चनपुर , मंसिर ४
देश ब्यापी रुपमा १४ औं महाधिवेशनको रन्को काँग्रेसी जनमा परिरहेका बेला संस्थापन पक्षका नेताहरु बिच आफ्नो वर्चस्व स्थापित गर्ने होड चलेका बेला कञ्चनपुरमा भने ईतर समुहका नेता शक्तिशाली बन्दै गएका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका बिश्वास पात्र नेता एनपी सावद र रमेश लेखक फरकफरक गुट निर्माण गरेर भिड्दै गए पछि कञ्चनपुरमा ईतर समुहका नेता संविधान सभा सदस्य दिवान सिंह बिष्ट शक्तिशाली बन्दै गएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ का चार वटै पालिका अधिवेशनमा आफ्नो वर्चस्व कायम राखेका ईतर समुहका नेता बिष्ट प्रदेश कार्य समितिको अधिवेशनबाट अझ बलियो देखिएका छन् ।

जिल्लामा सावद-लेखक समूह बीच प्रतिस्पर्धा बढ्दै गए पछि संस्थापन पक्षका नेता सावद र इतर समुहका नेता बिष्ट एक भएर लागे पछि जिल्लाको राजनीतिमा इतर समुहका नेता बिष्टको प्रभाव बढेको हो ।

१४ औं महाधिवेशनको मध्य तिर नेता सावद-बिष्ट बीच एलायन्स बने पछि जिल्ला राजनीतिमा लेखक समूह कमजोर बन्दै गएको छ ।
क्षेत्र नम्बर १ मा देखिएको नेता सावद र बिष्ट बिचको एलायन्स यथा स्थितिमा कायमै रहे यस अघि लेखक पक्षमा रहेको जिल्ला नेतृत्व सावद-बिष्टको पोल्टामा जाने निश्चित बनेको छ ।

१३ औं महाधिवेशन देखिनै क्षेत्रमा बलिया देखिदै आएका काँग्रेस नेता १४ औं महाधिवेशनमा भने थप मजबुत बन्न पुगेका छन् ।
काँग्रेस सभापती देउवाको गृह प्रदेशमा पछिल्लो समय जिल्लामा बलियो पकड बनाउन सफल इतर समुहका नेता बिष्ट देखिएका छन् ।

नेता बिष्टले निर्वाचन लड्दै आएको क्षेत्र नम्बर १ का चार वटै पालिका र दुई वटा प्रदेश कार्यसमितिमा उनी पक्षिय नेताहरुले नेतृत्व हात पार्न सफल भएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु