नागरिक संवाददाता
महेन्द्रनगर , मंसिर १०
४१ वषिय हरिश्चन्द्र राना २०५७ देखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन ।
सामान्य परिरनमा सरल र सामान्य देखिने राना सामाजिक शास्त्र बिषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका बौद्धिक ब्यक्तित्व हुन ।
नेविसंघको राजनीती गर्दै १२ औं महाधिवेशन बाट काँग्रेस राजनीतिमा छिरेका “हरिश्चन्द्र” साविक रौतेली बिचवा गाविसको नेपाली काँग्रेस गाउँ ईकाइ कार्य समिती सदस्य ,रहिसकेका हुन ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशन बाट “हरिश्चन्द्र” नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य पदमा निर्वाचित भइ सकेका ब्यक्तित्व हुन ।
रानाले नेपाली काँग्रेसको भातृ संगठनआदिवासी जनजाति बिभागको प्रमुखको जिम्मेवारी समालेका थिए । उनले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको जिल्ला सचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।
राजनीति संग संगै सामाजिक क्षेत्रमा आफ्नो उत्तिकै पहिचान बनाएका राना यस पटक १४ औं महाधिवेशन मार्फत नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला उपसभापति पदमा उम्मेदवारी दिएका हुन ।
उपसभापति पदमा “हरिश्चन्द्र” को उम्मेदवारी किन ?
– जननायक बिपी कोइरालाले परिकल्पना गरे अनुसार सबै वर्ग जात जाती र जनजाति बिशेष गरि थारु समुदायलाई राजनीतिको मुलधारमा स्थापित गराउन आफुले उम्मेदवारी दिएको बताउछन् ।
कंचनपुरमा एकताबद्ध , सुदृढ र बलियो काँग्रेस स्थापनाका लागि पनि थारु समुदायबाट प्रतिनिधित्व गर्न थालेको उनले बताए । कंचनपुरमा सबै वर्ग समुदायलाई जोडदै काँग्रेसलाई जनमुखी बनाउने पनि मेरो उम्मेदवारी रहेको उनले बताए ।
पार्टीलाई एकताबद्ध पार्दै तिनवटै तहका निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन रणनैतिक भुमिका निर्माण गर्ने प्रतिबद्धता उनले प्रकट गरे ।