दीपेन्द्र बस्नेत
महेन्द्रनगर , मंसिर ११
कञ्चनपुरमा नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज शनिबार सदरमुकाम महेन्द्रनगरमा मतदान सुरु भएको छ ।
कञ्चनपुरमा आज सुरु भएको निर्वाचनमा सभापति सहित ५२ पदका लागि ९५ जनाको उम्मेदवारी परेको छ ।
महाधिवेशन कार्य तालिका अनुसार शुक्रबार सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नविन सिह धामीले बताए ।
१ सभापति, २ उप सभापति, २ सचिव, २ सह सचिव र ४५ जिल्ला सदस्यका लागि ९५ जनाको उम्मेदवारी दर्ता भएको धामीले बताए । आज हुँदै गरेको मतदानमा १ हजार ६ सय १८ जना मतदाता रहेका छन् ।
जिल्ला कार्य समितिका लागि संस्थापन पक्षका काँग्रेस नेता एनपी सावद र इतर समुहका नेता दिवान विष्टको संयुक्त प्यानल खडा भएको छ । रमेश लेखकले इतर समुहका केही नेताहरुलाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन ।
सभापतिका लागि एनपी- दिवान पक्षबाट बहादुर सिह थापा, रमेश पक्षबाट पदम बोगटी, उप सभापतिमा लेखक पक्षबाट शंकर बहादुर चन्द, दिवाकर पाण्डे, एनपी दिवान पक्षबाट मिन बहादुर सिह, हरिचन राना, सचिवमा लेखक पक्षबाट जनक सिह धामी, सिद्धराज भट्ट एनपी दिवान पक्षबाट हेमराज ओझा भीम भट्ट र स्वतन्त्रमा तर्कराज भट्टले उम्मेदवारी दिएका छन ।
सह सचिवका लागि एनपी- दिवान पक्षबाट नाफुसिह साउद, हरि प्रशाद अधिकारी, रमेश लेखक पक्षबाट पुष्कल चौधरी, कविराज भट्ट र स्वतन्त्र तर्फ कलक बहादुर सिहले उम्मेदवारी दिएका छन । पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका छन । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्बिरोध चयन भएका छन ।
निर्बिरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी -दिवान पक्षकै नेता भएका छन् । धनशरा चन्द लेखक पक्षका नेता हुन ।