April 20, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस नेता बिष्टद्वारा केन्द्रिय सदस्य उम्मेदवार बन्ने तयारी

मा प्रकाशित

 नागरिक आवाज 
कञ्चनपुर , मंसिर १४
कञ्चनपुरको दक्षिणी क्षेत्रबाट नेपाली काँग्रेसको राजनीतिमा उदाएका नेता दिवानसिंह नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका कारण देशभर माहोल तातिरहँदा धेरैले आफ्नो आकांक्षा सार्वजनिक गरिरहेका बेला नेता बिष्टले पनि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् ।
२०३२ साल देखि नेविसंघको राजनीति बाट काँग्रेसको राजनीतिमा सक्रिय देखिएका नेता बिष्ट पार्टीका विभिन्न तहमा रही काम गर्दै आएका हुन ।
२०४७ मा नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति बनेका हुन । नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य र त्यस यता महाधिवेशन प्रतिनिधि , महासमिती सदस्य रहँदै आएका बिष्ट २०७० मा नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका हुन ।
बिष्ट बेलौरी नगर बिकास समितिको अध्यक्ष शुक्लाफाँटा आरक्ष समस्या समाधान आयोगका अध्यक्ष समेत रहेका थिए ।
क्षेत्रबाट प्रतिनिधित्व गर्दै जिल्ला र समग्र राष्टको बिकासका लागि राष्ट्रिय राजनीतिमा आफू जान लागेको नेता बिष्टले बताए । बिकास निर्माणका दृष्टीले पछाडि परेको क्षेत्र र समुदायको समग्र बिकासका लागि आफुले नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको नेता बिष्टले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु