September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सिसिएमसीको निर्णय कार्यान्वयनको माग गर्दै पुनर्वासमा शिक्षक संगठनले बुझाए ज्ञापन

मा प्रकाशित

 

कञ्चनपुर
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निर्णय कार्यान्वयनको माग गर्दै पुनर्वासमा शिक्षकहरुले मागपत्र पेश गरेका छन् ।

पछिल्लो समय देशमा नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै बिधालय बन्द गर्न सिसिएमसीले गरेको निर्णय कार्यान्वनको माग गर्दै शिक्षक संघ संगठनहरुले पुनर्वास नगरपालिकामा ज्ञापन बुझाएका छन ।

नेपाल सरकार सिसिएमसीले बढ्दो कोभिडको संक्रमण नियन्त्रणका लागि माघ १५ सम्म संस्थागत र सामुदायिक बिधालय बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले कोरोनाको संक्रमण रोक्न बिधालय बन्द गर्ने भने पनि कंचनपुरको पुनर्वासमा भने सरकारी उक्त निर्णय अवज्ञा गर्दै बिधालय नियमित संचालन गर्ने निर्णय गरिएको थियो ।

पुस २७ गते मंगलबार पुनर्वास पालिका स्तरीय संस्थागत र सामुदायिक बिधालयका प्र अ बैठकले सिसिएमसीको निर्णय विरुद्ध बिधालय संचालन गर्ने निर्णय गरे पछि शिक्षक संघ संगठनहरुले संक्रमण नियन्त्रण गर्न बिधालय बन्द गरिनु पर्ने माग राख्दै पुनर्वास नगरपालिकालाई ज्ञापन बुझाएका हुन ।

पुनर्वास स्तरीय शिक्षकहरुका पेशागत ९ वटा संगठनहरुले बुधबार सिसिएमसीको निर्णय कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु