April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

न्युयोर्कमा रहेका नेपाली इसाई मण्डलीद्वारा बाढी प्रभावितलाई खाद्यान्न

मा प्रकाशित

 

किशोर तामाङ
पुनर्वास
पुनर्वास नगरपालिका –७ परासन उदरीका १५० घर परिवारलाई एक कार्यक्रमका बिच राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो ।

दोधा नदीको बाढी पसेर स्थानीयहरूको अन्नबालीमा ठूलो क्षति पुगेको थियो। आफ्नो क्षेत्रका छिमेकी गाउँमा बाढीको प्रकोपले ताण्डव मच्चाए पछि सुलेमान तामाङले आफ्ना न्युयोर्कमा रहेका साथीहरूलाई सहयोगका लागि अनुरोध गरेका थिए ।

केही दिनअघि आफुहरूले सोही नगरपालिकाको अर्को वडामा समेत राहत वितरण गरेको तामाङले बताए । दोधा नदीको पानी किसानका खेतहरूमा पसेर धानबाली नष्ट गरिदिएपछि उनीहरू निकैनै चिन्तित भएको कार्यक्रमका सहजकर्ता बेक बहादुर तामाङ (सोलोमन) ले बताए। ‘

एक व्यक्ति विशेषको सहयोगभन्दा पनि न्युयोर्कमा रहेका इसाई नेपाली समुदायको नै सहयोगले समयमा नै राहात वितरण हुनुपर्छ भनेर नै हामीले पहल गरेका हौं,’ तामाङले बताए ।

आफ्नो समाजको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले तामाङको सक्रियतामा न्युयोर्कका साथीहरूबाट सहयोग रकम संकलन भएको थियो। संकलन गरेर प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।

बिजय एल बेथेल चर्च चगाउको आयोजना र एभरी नेशन चर्च न्युयोर्कको सहयोगमा प्रभावित क्षेत्रमा दुखेको घाउमा मलम स्वरूप प्रत्येक परिवारलाई २५ किलो चामाल, तीन किलो दाल, एक किलो नुन र एक लिटर तेल बराबरको राहात वितरण गरिएको थियो ।

बिजय एल बेथेल मण्डलीका वरिष्ठ पाष्टर रेभ कामसिङ तामाङको अध्यक्षत र वडाअध्यक्ष राम दुलारी रानाको प्रमुख अतिथ्यमा सञ्चालन गरिएकाे खादाधा राहत वितरण कार्यमा स्थानीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु