April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सवारी दुर्घटना नयूनिकरणका लागि पुनर्वासमा “चालकसँग ट्राफिक प्रहरी” कार्यक्रम

मा प्रकाशित

किशोर तामाङ
पुनर्वास, माघ १७।  जिल्ला ट्राफिक प्रहरी कार्यालयले कञ्चनपुरको सडक दुर्घटना न्युनिकरण गर्न पुनर्वासमा एकदिने अटो रिक्सा चालकसँग ट्राफिक प्रहरी कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा बढ्दो सवारी दुर्घटना नयूनिकरणका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्तीको संयुक्त आयोजनामा बेलौरी, पुनर्वास र डोकेबजारमा चल्ने अटो चालकहरुलाई प्रशिक्षण दिईएको हो ।

कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले ई रिक्सा, अटो चालकहरु लाई जम्मा गरेर, सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउदा अपनाउनु पर्ने सजकता सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण दिएको थियो ।

सो अवसरमा जिल्ला ट्राफिक कार्यालयका प्रहरी इन्चार्ज एवम प्रहरी निरीक्षक केशवराज भट्टले सवारी चालकहरुलाई आफ्नो तर्फबाट कुनै पनि हालतमा सवारी नियमको उलंघन नगर्न आग्रह गरेको थियो ।जिल्ला ट्राफिक प्रमुख भट्टले विश्वमा सबैभन्दा बढी मृत्युको कारण नै सडक दुर्घटना रहेको बताउदै अटो चलाउदा मादक पदार्थ सेवन नगर्न र कम स्पिडमा चलाउन चालकहरुलाई अनुरोध गर्नुभएको थियो ।

पुनर्वास बेलौरी सडकमा हाल करिब १ सय ५० तीन पाङ्ग्रे अटो गुड्ने गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिनुभयो । सयौं अटो चालकहरुको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रममा सवारी चालकहरुले पनि प्रहरीसंग सवारी नियमहरुका बारेमा विभिन्न प्रकारका जिज्ञासाहर राखेको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती का इन्चार्ज कैलास सिंह बिष्टले बताउनुभयो।
पुनर्वास नगरपालिका-६ को वडा कार्यालयको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डिएसपी चक्रबहादुर शाह र जिल्ला ट्राफिक प्रहरी कार्यालय कंचनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टको आतिथ्यता रहेको उक्त कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले सहजीकरण गर्नुभएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु