December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीको मेयरमा काँग्रेसबाट रामुको उम्मेदवारी घोषणा

मा प्रकाशित

कञ्चनपुर
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा काँग्रेसबाट युवा नेता राम बहादुर खड्का रामुले उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सदस्य समेत रहेका खड्काले बेलौरी नगरपालिकाको मेयर पदका लागि उम्मेद्धवारी दर्ता गराएका छन् ।

विद्यार्थी जीवनदेखी नै वि.सं. २०५२ सालमा नेपाल विद्यार्थी संघबाट राजनितिमा प्रवेश गरेका खड्का २०७३ सालमा नेपाल तरुण दलको क्षेत्रिय उपाध्यक्षमा चयन भए ।

निरन्तर सामाज परिवर्तका आन्दोलनमा प्रत्यक्ष सहभागि रहदैँ आएका खड्का नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला सदस्यमा विजयी भए । आफ्नो योग्यता,क्षमता र अनुभवले बेलौरी नगरलाई भष्ट्रचार रहित सुन्दर नगर बनाउन मेयर पदमा उम्मेद्धवारी घोषणा गरेको युवा नेता खड्काले बताए ।

‘बेलौरी नगरपालिकाकालाई भष्ट्रचार रहित,सुन्दर,स्मार्ट नगरका रुपमा विकास गर्न मैले मेयर पदमा उम्मेद्धवारी दर्ता गएको छु ।’ खड्काले भने ‘मेरो योग्यता,क्षमता,भिजन र काम प्रतिको प्रतिवद्धतालाई पार्टी र नगरवासीले मुल्याङकन गर्नेमा आशावादी छु ।’

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु