April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा मेयरका उमेद्वार तारा गिरीकाे यस्ताे छ प्रतिबद्धता

मा प्रकाशित

पुनर्वास, बैशाख २२ । जनता समाजवादी पार्टी बाट कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा मेयर पदका उमेदवार तारा गिरीले बिहिवार पत्रकार सम्मेलन गरी आफ्नाे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
बिभिन्न याेजना सहित चुनावी प्रचार प्रसारमा लागेका गिरीले आफु सँग ब्यबहारिक याेजना रहेकाले जनताले आफुलाई बिश्वास गरेर भाेट दिने बताउछन । नेपाल भारत सिमा ब्यबस्थापन गरिने, प्यारा ताललाई पर्यटकिय गन्तब्यकाे रूपमा बिकास गर्ने, नगर भित्रका सम्पुर्ण बाटाे पक्की बनाउने, सुकुम्बासीलाई यथाशिघ्र लालपुर्जा उपलब्ध गराउने, सम्पुर्ण वडामा स्वच्छ पिउने पानीकाे ब्यवस्था गर्ने आफ्नाे मूख्य याेजना रहेकाे उनी बताउछन ।
त्यसैगरी विद्यालय सुधार, निशुल्क स्वास्थ्य बिमा, अति बिपन्न परिवारलाई बार्षिक १० हजार भत्ता, फाेहाेर ब्यबस्थापन, किसानका लागि कृषि औजार, बिउबिजन सुपथ मुल्यमा उपलब्ध गराउने , प्रत्यक वडामा रहेका क्लबलाई खेलकुद सामाग्री बितरण तथा उत्कृष्ट खेलाडीलाई पुरुस्कारकाे ब्यवस्था गर्ने उनकाे प्रतिबद्धता पत्रमा उल्लेख छ ।
बर्षेनी डुबानमा पर्ने पुनर्वासका सिम्रि राताे ताल लगायत अन्य क्षेत्रका बासिन्दाकाे उचित ब्यवस्थापन गर्ने, किसानलाई प्राेत्साहन गराउन बेमाैसमी तरकारी बालिका लागि निशुल्क बिउ, औषधी तथा तालिमकाे ब्यवस्था मिलाउने जस्ता प्रतिबद्धता रहेकाे तारा गिरी बताउछन । उप प्रमुखका लागि भागिरथी राना उमेदवार रहेका छन । छाता चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई तारा गिरी आह्वान गरेका छा ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु