जमुना न्युरे,
धनगढी, जेठ २२ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रदेशकाे राजधानी ताेकिएपछि कैलालीकाे अत्तरिया क्षेत्रमा वन अतिक्रम तिब्र भएकाे बताएका छन् । मन्त्री धामीले साे क्षेत्रमा पछिल्लो दिन दुगुना रात चौगुनाले वन अतिक्रम बढेको बताए ।
विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको एकता महिला सामुदायिक बन उपभोक्ता समुहको शान्ति पार्कमा विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री धामीले सो कुरा बताएका हुन ।
मन्त्री धामिले भने प्रत्येक ठाउँमा यहाँका भद्र भलादिमीहरुको सहभागिता देखिन्छ । ठूलाठूला व्यवसायीहरुको सहभागिता देखिन्छ । ठूलाठूला प्रतिष्ठित व्यक्तिहरुको सहभागिता देखिन्छ । केही ठाउँमा पत्रकारहरुको पनि सहभागिता छ । यहाँका चुल्ठे मुल्ठेको पनि सहभागिता छ’ उनले भने ‘यसलाई निमट्यान्न पार्नका लागि यस क्षेत्रका युवा, महिला दिदीबहिनी जागरुप हुनु भएन भने यो ठाउँको जंगल सखाप हुन्छ ।
अब हामिले बन अतिक्रमण हटाउनका लागि सर्ब पक्षिय छलफल गरि रणनीति बनाउदै छु त्यो हामी जुन सुकै समयमा बल प्रयोग गरेर अतिक्रमण हटाउने समेत बताए ।
तेस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब देबेश मणि त्रिपाठीले बन जोगायम हामीले भाबी पुस्ताका लागि पनि हो जहाँ हामिले गरेका व्यबहारका कारण दिन प्रतीदिन वातावरण मा नोक्सान पुगि रहेको छ , हामिले दैनिक जीवन गरिने क्रियाकलाप मात्र सुधार न सकेमा भाबी पुस्ताले दुख पाउने , राजनीति दलहरु , सबै को सहयोग पायमा बन कार्यलय अतिक्रमण हटाउन सक्ने , बन कार्यलय एक्लैले रोक्न नसकिने बताए
कार्यक्रम माथी प्रकाश डिभिजन बन कार्यलय धनगढीका प्रमुख केशव पराजुलीले पारेका थियो।