April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पाँच बर्षिया बालिका बलत्कार प्रयास गरेकाे आराेपमा ५५ बर्षिय पुरूष पक्राउ

मा प्रकाशित

लालझाडी, साउन ११ । कञ्चनपुर जिल्लाकाे लालझाडी गाउँपालिकामा ५ वर्षीया बालिका बलत्कारकाे प्रयास गरेकाे आराेपमा ५५ बर्षिय रामदत्त राना पक्राउ परेका छन ।
जबरजस्ती करणीकाे प्रयास गरेकाे आरोपमा लालझाडी गाउँपालिका वडा नम्बर २ कसुवाका ५५ वर्षीय रामदत्त रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

करिब एक महिना देखि बालिका बस्ने घरमा पाहुनाको रूपमा आएका रानाले घरमा कोही नभएको बेला सोमबार मध्यान्ह ती बालिकालाई नि:वस्त्र पारी जबरजस्ती करणी गर्ने प्रयास गरेको र बालिकाकी आमा घरमा पुग्दा राना त्यहाँबाट फरार भई कसुवा गएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनु भयो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु