April 26, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास साक्षर नगरपालिका घाेषणा ९५.२५ प्रतिशत साक्षर

मा प्रकाशित

जुद्ध चाैधरी ।
पुनर्वास/ कञ्चनपुरकाे पुनर्वास नगरपालिका लाई साक्षर घाेषणा गरिएकाे छ । शनिवार एक कार्यक्रम बिच पुनर्वासलाई साक्षर घाेषणा गरिएकाे हाे ।
मापदण्ड अनुसार पुनर्वास नगरपालिका भित्र रहेका जनसँख्या मध्ये ९५.२५ प्रतिशत जनसँख्या साक्षर रहेकाले नगरलाई साक्षर घाेषणा गरिएकाे शिक्षा शाखा प्रमुख शिब राज भट्टले बताउनु भयाे । साक्षर नगरपालिका घाेषणाकाे मापदण्ड अनुसार १५ देखि ६० बर्ष उमेरकाे जनसँख्याकाे ९५ प्रतिशत जनसँख्या साक्षर हुनु पर्छ ।
पुनर्वासमा नगरपालिकामा साक्षर महिला २० हजार नाै सय ५३ जना र साक्षर पुरुष २२ हजार सात सय २३ जना गरी जम्मा साक्षर जनसँख्या ४३ हजार छ सय ७६ जना साक्षर जनसँख्या रहेकाे छ । जस अनुसार साक्षर प्रतिशत ९५.२५ हुन अाउछ ।
पुनर्वासकाे वार्ड नं. १ मा ९३ प्रतिशत, वार्ड नं. २ मा ९७.३४ प्रतिशत , वार्ड नं. ३ मा ९७.४७ प्रतिशत , वार्ड नं. ४ मा ९३.७४ प्रतिशत , वार्ड नं. ५ मा ९०.८ प्रतिशत , वार्ड नं. ६ मा ९७.०९ प्रतिशत जनसँख्या साक्षर रहेका छन ।
त्यसैगरी वार्ड नं. ७ मा ९५.०४ प्रतिशत , वार्ड नं. ८ मा ९५.०८ प्रतिशत , वार्ड नं. ९ मा ९६.२९ प्रतिशत , वार्ड नं. १० मा ९७.४९ प्रतिशत र वार्ड नं. ११ मा ९५.१६ प्रतिशत जनसँख्या साक्षर रहेकाे छ । कञ्चनपुर जिल्लामा साक्षर नगरपालिका घाेषणा गर्ने याे अन्तिम नगरपालिका हाे ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु