किशाेर कुमार तामाङ्ग
कञ्चनपुर।
नेपाली काँग्रेसकी महिला नेत्री, सुदूरपश्चिम प्रदेश सदस्य एवम् महाधिवेशन प्रतिनिधि चमेली तामाङले कञ्चनपुर १ क बाट प्रदेश सभा सदस्य पदमा आफ्नो उम्मेदवार दाबी रहेकाे बताएकि छिन ।
विद्यार्थी जिवनकाल देखिनै राजनीति गर्दै आएकी तामाङ अहिले पार्टीको राजनीतिमा सक्रिय नेता बनेकी छिन्। सामाजिक रुपान्तरणका लागि महिला हकहितका लागि सदैव अधिकारको रक्षार्थ पुनर्वासमा आफुलाई अब्बल रूपमा चिनाउन सफल तामाङ हालसालै सम्पन्न नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सदस्यमा निर्वाचित भएकि हुन ।
मंसिर ४ मा हुने ससदिय निर्वाचनमा सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बन्ने सुरसारमा लविङ चलिरहेको बेला यस क्षेत्रको बिकास , सामुदायिक सामाजिक उत्तरदयित्वका बिच समाजसेवी अभियन्ता तामाङले पनि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्य पदमा आफ्नो उम्मेदवार दाबी गरेका हुन्।