April 26, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

किसान नेता भीमदत्त पन्त, बलदेव राम र तुलसीलाल आमत्य स्मृति दिवश

मा प्रकाशित

                     राम बहादुर चुनारा 

जीवनका धेरै कुराहरु अनिश्चित छन्, तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन । मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ । त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुन्जेल कस्तो कर्म गर्यो भन्ने कुराले खास अर्थ राख्दछ ।

                                भिमदत्त पन्त

आफ्नो जीवनभर किसानहरुको अधिकारका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको मृत्युको मिति मिलेको छ । किसान हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामलाई साउन १७ गते बार्षिक तिथिमा उनीहरुलाई प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।

सुदूरपरिश्चममा सामन्त बिरुद्ध ‘कित जोत हलो, कित छोड थलो, हैन भने अब छैन भलो’ क्रान्तिकारी नारासहितको किसान आन्दोलनको नेतृत्व भीमदत्त पन्तले गरेका थिए । जाली तमसुक च्यात्ने, जमिन्दारको भकारी फोर्ने, ‘रे नै जी कहो’ आन्दोलनमा तुलसीलाल अमात्यले महत्वपूर्ण भूमिका खेलेका थिए । २०६१ सालमा राष्ट्रिय भूमि अधिकार मञ्चको पहिलो सम्मेलनबाट बलदेव राम संस्थापक अध्यक्ष भएर भूमि तथा कृषि अधिकार आन्दोलनलाई देशभर फैलाउने, सिराहा र सप्तरीमा दलितमध्येको चमार समुदायले बाध्य भएर सिनो बहिष्कार आन्दोलन गरेका थिए ।

को थिए ? भीम दत्त पन्त

डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तको सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत बिषयमा हाईस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए ।

कसरी आन्दोलनको शुरुवात गरे ?

अन्याय, सामाजिक भेदभाव, सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस भन्ने पनि चलन थियो । गरीब, दलित, जनजाती, किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीम दत्त पन्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको ब्यावहार उनलाई मन परेन । उनले क्रान्ति पुरा भएको छैन, भनी राणासित मिलेर बनाएको सरकारको बिरोध गरे ।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीम दत्त पन्तले दलित, मगर र थारुहरु संगठीत गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह दुइ जना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।
भान्सामा दलितहरुलाई सहभागि गराउन थाले । किशानहरुलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुख बनाउने, श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस ब्यावहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीम दत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे ।

काँग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे, म अहिले जे गर्दैछु, भोली यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सिमित थिएन । गरीबहरु संगठीत हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

कस्तो दुःख भोगे भीम दत्तले ?

क्रान्तिमा लागेकाले भीम दत्त पन्त घरको काममा समय दिन सक्दैनथे । गाउँका ठालुहरु सबै बिरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नि पार्वती पन्तकै हुन्थ्यो । नावालक दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्र्रान्तिमै लागि रहे । दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को बिवाह गरे । कान्छी श्रमितिबाट छोरी जन्मिईन । उनको पनि ७।८ वर्षकै हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छि श्रीमतिले अर्को बिवाह गरिन । भीम दत्तका बिरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट बिचलित भएनन । उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन ।
अन्याय, सामाजिक भेदभाव, सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस भन्ने पनि चलन थियो । गरीब, दलित, जनजाती, किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीम दत्त पन्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको ब्यावहार उनलाई मन परेन । उनले क्रान्ति पुरा भएको छैन, भनी राणासित मिलेर बनाएको सरकारको बिरोध गरे ।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीम दत्त पन्तले दलित, मगर र थारुहरु संगठीत गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह दुइ जना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।
भान्सामा दलितहरुलाई सहभागि गराउन थाले । किशानहरुलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुख बनाउने, श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस ब्यावहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीम दत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे ।

काँग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे, म अहिले जे गर्दैछु, भोली यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सिमित थिएन । गरीबहरु संगठीत हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु