April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ को ख मा लोकतान्त्रिक बाम गठबन्धन बलियो देखिदै

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो पकड बलियो बनाउदै लगेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुको जित सुनिश्चित पार्न चुनावी मैदानमा होमिएको लोकतान्त्रिक बाम गठबन्धन प्रति मतदाता आकर्षित देखिएका छन् ।

कञ्चनपुर १ को प्रदेश सभा ख मा आइतबार प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्ट नेतृत्वको टोलि बेलडाँडी गाउँपालिका ३ स्थित सिमलडाँडीमा पुग्दा मतदाताहरु उत्साहित देखिएका थिए । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु प्रति देखिएको आकर्षणलाई हेर्दा आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु जित लगभग पक्का देखिएको स्थानिय मतदाताहरु बताउछन् ।

यद्यपि बेलडाँडी गाउँपालिका सत्तारुढ ५ दलिय गठबन्धन भित्रको मुख्य दल नेपाली काँग्रेसको बलियो पकड भएको क्षेत्र पनि हो । यसमै नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समेत जोडिए पछि बलियो रहेको गठबन्धन प्रति सत्तारुढ दलहरुको गठबन्धन बाहेकका अन्य दलका मतदाताहरु समेत अहिले आकर्षित भइ रहेका हुन ।
कञ्चनपुर १ को प्रदेश सभा २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको पकड बलियो देखिएको चर्चा चोकहरुका चिया पसलहरुमा समेत हुन थालेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु