April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेपाली काँग्रेसद्वारा पुनर्वासमा पदस्थापन र बडा दशैंको शुभकामना आदानप्रदान

मा प्रकाशित

पुनर्वास , असोज २२
कंचनपुरको पुनर्वासमा नेपाली काँग्रेसले नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन र बडा दशैं , तिहार र छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार उद्योग बाणिज्य संघ पुनर्वासको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस पुनर्वास नगर कार्य समितिका नव निर्वाचित पदाधिकारी हरुलाई पद सथापन गरिएको छ ।
निवर्तमान सभापति यमप्रसाद पौडेलले नव निर्वाचित सभापति शुकबहादुर तामाङलाई माइन्युट हस्तान्तरण र कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता पुर्व साँसद दिवान सिंह बिष्टले टीका लगाएर नव निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो ।
पार्टीलाई तिनवटै तहका निर्वाचनमा जिताउन र संगठन सुदृढ पार्न नव निर्वाचित समितिका पदाधिकारीको कार्यकाल सफल रहने शुभकामना कार्यक्रमका प्रमुख अतिथी नेता बिष्टले बताए ।
नेता बिष्टले पार्टीका सबै कार्यकर्ताहरुको क्षमता बिकास संगसंगै पुनर्वासमा पार्टीलाई बलियो बनाउन पुनर्वास नगर कार्यसमितीको सफलताको कामना गरे । नेपाली काँग्रेस पुनर्वास नगर कार्य समितिका नव निर्वाचित सभापति शुक बहादुर तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली काँग्रेसका जिल्ला उपसभापति बन्धु राना , क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय , महासमिती सदस्य भरतबहादुर बिष्ट , महाधिवेशन प्रतिनिधि बिन्दु श्रेष्ठ , जिल्ला सदस्य जनक सिंह धामी , हरिश्चन्द्र राना , धर्मराज जोशी , प्रदेश प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेता गोपाल गुरुङ नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार तोय प्रसाद शर्मा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन नव निर्वाचित सचिव परि रावलले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु