April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

तिहारका बेला बेलौरी-पुनर्वासमा बढयो प्रहरीको गस्ती

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , कार्तिक १८
कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्र बेलौरी-पुनर्वासमा तिहारको मौका छोपी हुन सक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले गस्ती बढाएको छ ।

तिहारको अबसरमा नागरिकहरुको शान्ति सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा सहजता रहोस् भनेर प्रहरीको सक्रियता बढाइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जनाए ।

चाडबाडका बेला हुनसक्ने अपराधिक गतिविधि र सीमा क्षेत्रबाट हुने अबैध चोरीपैठारी समेत नियन्त्रण गर्न पैदल गस्ती र घुम्ती गस्ती साविकको तुलनामा बढाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

उनका अनुसार तिहारको अबसरमा हुने जुवातास , अबैध चोरीपैठारी लगायतका अन्य अपराधिक क्रियाकलाप नियन्त्रण गरि नागरिकलाई शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरीले बिशेष सुरक्षा नीति अपनाइएको जनाइएको छ ।

चाड पर्वका बेला नागरिक आआफ्नो घरमा आनन्दले रमाइरहेका बेला कुनै पनि प्रकारको अपराधिक गतिविधि नहोस् भन्दै प्रहरीले पुनर्वासका सीमा क्षेत्र लगायत सबै ठाउँमा गस्ती बढाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

नागरिकको शान्ति सुरक्षाका संगसंगै सीमा नाकाबाट हुने चोरीपैठारी र अन्य अपराधिक गतिविधि रोक्न प्रहरीले साविकको तुलनामा प्रहरीको गस्ती बढाइएको प्रहरी निरीक्षक बिष्टले बताए ।

नेपालीहरुको मुख्य चाड मध्य पर्ने तिहारमा नागरिकको धन जनको सुरक्षा संगसंगै लागू औषध ओसारपसार , चोरीपैठारी नियन्त्रणका लागि प्रहरीले गाडी द्वारा र पैदल गस्ती बढाइएको प्रहरी निरीक्षक बिष्टले जनाए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु