April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

माया प्रेममा आधारित देउडा गित “मायाको महल” सार्वजनिक

मा प्रकाशित

 

हिक्मत कुमार शाही/ कञ्चनपुर, १३ फागुन । सर्जक तथा मोडल भरतराज धमालाको माया प्रेममा आधारित नयाँ देउडा गित “मायाको महल” सार्वजनिक भएको छ । माया प्रेममा सर्मपित देउडा गित “मायाको महल” मा पछिल्लो समयका चर्चित तथा सुमधुर स्वरका धनि देउडा गायक टेक बोगटी र गायिका गौरी भट्टको आवाज रहेको छ । गितमा सर्जक तथा मोडल भरतराज धमालाको लय, भिम थापा नायकको शब्द, दिपक संगम बि.शि.को ऐरेन्ज रहेको छ । गित मालश्री रेकर्डिङ स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको सर्जक तथा मोडल भरतराज धमालाले बताउनुभयो ।

मायाका महल पिरतिको फुलफुली जाऊ ।
जारी छ पहल नछुट्याई लड्याला प्रिति ।।

यस्तै देउडा गित “मायाको महल” को डम्बर र्सगम धमालाले निर्देशन गर्नुभएको छ । गितको अमिृत उपाध्यायले छायाङ्कन,प्रविन रेश्मि मगरले सम्पादन गर्नुभएको छ । गितमा सर्जक तथा मोडल भरतराज धमाला र माया ढुङगानाको अभिनय रहेको छ । गितको सम्पुर्ण छायाङ्कन भारतको हैद्रावादमा गरिएको हो, भने बुधबार गित शुदुरधमाका युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । यस्तै अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ०८ घर भएका सर्जक तथा मोडल भरतराज धमाला हाल रोजगारीको शिलसिलामा भारतको हैद्रावादमा रहनुभएको छ । प्रवासमै रहेर पनि गित संगितको यात्रालाई निरन्तरता दिईरहने सर्जक तथा मोडल धमाला बताउनुहुन्छ ।

यस्तै अछामको मंगलसेन घर भएकी नव मोडेल माया ढुङगाना सानै उमेर देखी प्रवासकै कल्चरमा हुर्किनुभएको हो । प्रवासकै कल्चरमा हुर्किए पनि आफनो कला,संस्कृती र नेपाली गित संगित प्रतिको माया भने उँहालाई धेरै रहेको बताउनु हुन्छ । देउडा गित “मायाको महल” बाट आफनो अभिनय यात्राको सुरुवात गरेको र सानै देखि देउडा गितमा अभिनय गर्ने सपना पुरा भएको मोडेल ढुङगानाले बाताउनुभयो । नव मोडेल माया ढुङगानालाई अभिनय यात्रामा थप सफलता प्राप्त मिल्दै जावस र मोडल भरतराज धमालाको माया प्रेममा आधारित नयाँ देउडा गित “मायाको महल” लाई रेडियो बेलौरी परिवारको तर्फबाट धेरै धेरै सफलताको शुभकामना ।।।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु