दार्चुला ,
नेपाली काँग्रेस दार्चुलाका नेता मदन गिरी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्यमा मनोनित भएका छन् ।
नेपाली काँग्रेसको विधान अनुसार गिरीलाई प्रदेश सभापति बीर बहादुर बलायरले सदस्यमा मनोनित गरेका हुन् । गिरी १४ औँ महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चुनाव लडदा पराजित भएका थिए ।